नेपालमा दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग, १० हजार मात्रै उत्पादन
उच्च गतिमा संक्रमण दर बढेपछि नेपालमा उत्पादन भइरहेको अक्सिजन क्षमताले नधान्दा हाहाकार सृजना भएको छ । अक्सिजन उत्पादनभन्दा कोभिडका बिरामीका लागि माग बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले बताए । हाल दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भइरहेको बताउँदै सचिव अर्यालले अस्पतालहरूसँग १० हजार सिलिन्डर मात्रै रहेको बताए ।
लिक्विड अक्सिजन दिन केही अस्पतालले सुरु गरिसकेकाले सरकार ट्याङ्क किन्ने प्रक्रिया लागेको उनले सुनाए । २०–२० हजार माथिका अक्सिजन ट्याङ्कका लागि दाताहरुसँग प्रस्ताव मन्त्रालय गरेको उनले बताए ।
२०० वेडभन्दा भएका अस्पतालले वर्तमान समयमा अक्सिजन प्लान्ट चाहेको खण्डमा स्वास्थ्य मन्त्रालय तयार रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताए । यस्तै स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट अर्थमन्त्रालयबाट सुनिश्चितता भएको सचिव आर्यालले बताए ।
अस्पताल भर्ना हुने बिरामीलाई बेडभन्दा पनि अक्सिजनसहितको बेडको आवश्यकता परेको मन्त्री त्रिपाठीले बताए । आउँदो असार महिनासम्म ५ लाख ६६ हजार सिलिन्डर चाहिने आँकलन मन्त्रालयले आँकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु