श्रीलंका टुरमा द्रविडले सम्हाल्न सक्छन् भारतको प्रशिक्षण
एजेन्सी । आगामी जुलाईमा भारतीय टिम श्रीलंकाको भ्रमणमा जाँदैछ । यस टुरका दौरान दुई देशबीच तीनवटा टी २० र तीनवटा वन डे म्याचको सिरिज हुनेछ । यस सिरिजमा भारतका पूर्व ब्याट्सम्यान राहुल द्रविडलाई प्रशिक्षक बनाउने तयारी थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
श्रीलंका र भारतबीच १३, १६ र १९ जुलाईमा वन डे सिरिज हुनेछ । त्यसपछि २२ र २७ जुलाईमा टी २० म्याच हुनेछ । यो टुर ५ जुलाईदेखि २८ जुलाईसम्म चल्नेछ । श्रीलंका टुरमा भारतले बी टिमलाई पठाउने चर्चा पनि चलिरहेको छ । किनकि, यही समय भारतको ए टिमले १८ जुलाईमा न्युजिल्यान्ड विरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ ।
त्यसपछि अगस्टमा इङ्ल्याण्डविरुद्ध ५ म्याचको टेस्ट सिरिज पनि खेल्नेछ । रविशास्त्री टिमसँगै हुनेछन्, यस्तोमा टिमको प्रशिक्षक द्रविड हुन सक्छन् । द्रविडले यसअघि भारतको युवा टोलीलाई प्रशिक्षण दिएका थिए । उनको कार्यकालमा भारतले २०१८ मा यु १९ वर्ल्ड कप जितेको थियो । द्रविडले यु १९ मा प्रशिक्षण दिएका केही खेलाडी अहिले राष्ट्रिय टिममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ