मकवानपुरमा १ सय १६ जना कोरोना संक्रमित थपिए
मकवानपुरमा मंगलबार थप १ सय १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
कुल १ सय ८६ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४५ जना महिला र ७१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका ३ जना रहेका छन् भने भीमफेदी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १ जना, बकैया गाउँपालिकाका १ जना, थाहा नगरपालिकाका ७ जना र हेटौंडा उपमहानगरपालिकाका १ सय ३ जना रहेका छन् ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का २५ र हेटौंडा–५ का १४ जना रहेका छन् ।
हेटौँडा–१ का १ जना, हेटौँडा–२ को ११ जना, हेटौँडा–६ को ५ जना, हेटौँडा–७ को ९ जना, हेटौँडा–८ को ६ जना, हेटौँडा–९ र १० को १०÷ १० जना, हेटौँडा–११ र १२ को २÷२ जना, हेटौँडा–१४ को ३ जना, हेटौँडा–१५ र १६ को १÷१ जना र हेटौँडा–१७ को ३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण दर ६२ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातौँ दिनमा घट्यो नेप्से, कारोबार रकम बढ्यो
-
फष्टलुक्समा यस्तो देखियो फिल्म ‘गुरु आमा’
-
चीनमा भूकम्प : हालसम्म १२ सयभन्दा बढी परकम्प
-
नाथम : पर्यटन प्रवर्द्धन र रोजगारीमा निरन्तर पहल
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरु गर्न माग
-
२०८२ मै पुग्न सक्छ दुईतिहाइ, ओलीले किन पुर्याए २०८७ मा संविधान संशोधनको भाका ?