निषेधाज्ञामा कुकुरलाई खानाको जोहो
मङ्गलबार, २८ वैशाख २०७८, १३ : ०२
काठमाडौंको बूढानीलकण्ठमा रहेको पशु आश्रम (क्याट) ले सडकका कुकुरलगायतका पशुलाई खानेकुरा खुवाउन थालेको छ । पछिल्लो समय कोरोना भाइरसको कारण जारी निषेधाज्ञाका कारण पशुलाई खानेकुराको अभाव भएको महसुश गरेर विभिन्न स्थानमा खानेकुरा खुवाउन थालिएको क्याटले जनाएको छ ।
क्याट सेन्टरले सोमबार स्वयम्भुमा रहेका कुकुरको बन्ध्याकरण र खाना खुवाएको छ । क्याटले १४ वटा कुकुरको बन्ध्याकरण गरिएको लेखा र लजिस्टिकमा कार्यरत बासु पराजुलीले बताए । ।
संस्थाले राजधानीका अन्य स्थानमा पनि पशुपन्छीलाई खाना खुवाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने