शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झुन्डिएको अवस्थामा प्रहरी जवानको शव फेला

मङ्गलबार, २८ वैशाख २०७८, १२ : ३८
मङ्गलबार, २८ वैशाख २०७८

महोत्तरीमा झुन्डिएको अवस्थामा एक प्रहरी जवानको शव फेला भएको छ ।

सोमबार राति प्रहरी चौकी सम्सीबाट करिब सातसय मिटर उत्तर पश्चिमस्थित चौरमा रहेको आँपको रुखमा पासो लागेर झुन्डिएको अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव फेला भएको हो ।

ड्युटी सकेर राति सुतेका प्रहरी जवान साहको शव फेला परेको हो । महोत्तरीका एसपी दिनेश आचार्यले प्रहरी जवान साहले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको बताए । यद्यपि प्रहरीले विस्तृत अनुसन्धान थालेको उनले बताए ।

पर्साको बौरामाई नगरपालिका–१ घर भई ढल्केवरमा रहेको प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए । प्रहरी जवान साहको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो । बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मृत फेला परेका हुन् ।

मृतक प्रहरी जवान साहको शव अन्त्येष्टिका लागि परिवारलाई खबर गरिसकेको र आएपछि थप प्रक्रिया पूरा गरि शव जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप