शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

मङ्गलबार, २८ वैशाख २०७८, १२ : १३
मङ्गलबार, २८ वैशाख २०७८

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । 
पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए । 
‘भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ । अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको छ’, ज्ञवालीको भनाइ छ । 

सो समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका थिएनन् । 
त्यसपछि सोमबार राति नेता नेपालले  विगतका काम कारबाहीका कारण ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको प्रस्टीकरण दिएका थिए । 

राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप