शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित २ जना पक्राउ

मङ्गलबार, २८ वैशाख २०७८, ११ : ४९
मङ्गलबार, २८ वैशाख २०७८

 

सुर्खेतको लेकबेशी नगरपालिका–२ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुर्खेतका एसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।

आइतबार साँझ ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप