बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

मङ्गलबार, २८ वैशाख २०७८, ११ : ३४
मङ्गलबार, २८ वैशाख २०७८

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले(सिसीएमसी) ले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने अस्पतालहरूका लागि अक्सिजनको कोटा तोकेको छ ।
 सरकारले कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो ।

सिसिएमसीले सम्पूर्ण अक्सिजन उद्योगहरुलाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर पहिले आपूर्ति गरिरहेका अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ । 
यस्तै अक्सिजन विवरणमा आवश्यकताका आधारमा भविष्यमा थपघट हुनसक्ने भएकाले उद्योगहरुलाई समन्वय गर्न सिसिएमसी सचिवालयले अनुरोध गरेको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयमा आइतबार बसेको कोभिड—१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले यसमा व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको थियो ।
 अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि देशभर उपचारका लागि अस्पताललाई अक्सिजन अपुग भएको गुनासो बढेपछि अक्सिजन व्यवस्थित गर्न सिसिएमसीलाई जिम्मा दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप