बङ्गलादेशमा थप १ हजार ५१५ जनामा सङ्क्रमण पुष्टि, ३८ जनाको मृत्यु
एजेन्सी । बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ५१४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले बताएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ३८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
पछिल्लो तथ्याङ्कसँगै एशियाली यस मुलुकमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या सात लाख ७५ हजार पुगेको छ भने सङ्क्रमित मृतकको सङ्ख्या ११ हजार ९७२ पुगेको छ । बङ्गलादेशमा विगत २४ घण्टामा १६ हजार ८४८ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको थियो । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण भई निको हुनेको सङ्ख्या सात लाख १२ हजार २७७ पुगेको छ । सोमबार मात्रै दुई हजार ११५ व्यक्ति सङ्क्रमणमुक्त भएका थिए ।
महानिर्देशनालयका अनुसार कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५४ रहेको छ भने निको हुने दर ९१.९ रहेको छ । बङ्गलादेशमा यो वर्षको अप्रिल ७ मा सबैभन्दा बढी सात हजार ६२६ व्यक्ति सङ्क्रमित रहेका थिए भने अप्रिल १९ मा सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी
-
रास्वपाले भोलि दलबलसहित इलाम-२ मा उम्मेदवारी घोषणा गर्दै
-
‘गाउँ आएको बाटो’ १२ औँ बेइजिङ अन्तर्राष्ट्रिय सिने महोत्सवमा छनोट
-
कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट