शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या ७० पुग्याे (सूची)

सोमबार, २७ वैशाख २०७८, २१ : ३७
सोमबार, २७ वैशाख २०७८

देशमा कोरोनाभाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या बढ्दो छ । साेमबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने जिल्लाहरुको संख्या ७० पुगेको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने केहीमा आंशिक निषेधाज्ञा जारी गरिएको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।  पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ । 

हेर्नुहाेस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप