शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदले ओली सरकारलाई विधिवत् विदाइ  गर्‍यो  ः बाबुराम भट्टराई

सोमबार, २७ वैशाख २०७८, १९ : ५२
सोमबार, २७ वैशाख २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अन्तत संसदले केपी ओली सरकारलाई विधिवत् विदाई गरेको बताएका छन् ।

 सोमबार साँझ ट्वीट गर्दै उनले केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति भने परास्त भइनसकेको बताए ।

उनले लेखेका छन्, 'अन्तत संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैसकेको छैन। ' 

अब राष्ट्रपतिले तुरुन्त धारा ७६ (२)अनुरूप २ वा २ भन्दा बढी दलको नयॉ सरकार गठन गर्न आह्वान गर्नुपर्ने उनको भनाइ छ ।

'देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरुन्त धारा ७६(२)अनुरूप २ वा २ भन्दा बढी दलको नयॉ सरकार गठन गर्ने आह्वान गरून् !। दलहरूले स्वीकारून् !,' भट्टराईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप