आजै रातिदेखि संसद अधिवेशन अन्त्य
सोमबार, २७ वैशाख २०७८, १९ : ०८
प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको विशेष अधिवेशन आज रातिदेखि लागू हुने गरी अन्त्य भएको छ । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुसार अधिवेशन अन्त्य भएकाे हाे । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियाे । आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रतिनिधिसभाका सचिव गाेपालनाथ याेगीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए । साे बैठकसमेत अन्त्य भएको याेगीले विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?