बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो, सक्रिय संक्रमित पनि ९३ हजार बढी

सोमबार, २७ वैशाख २०७८, १८ : ४७
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ लाख नाघेको हो ।   सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।  पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् ।  

यस्तै हाल देशभर सक्रिय संक्रमित  संख्या ९३ हजार १४१ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा मात्रै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । मृतकको संख्या यो हालसम्मकै धेरै हो । 
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ।  

पीसीआर विधिबाट आज १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप