ब्रोइलर कुखुराको मासुको मूल्य नघटाउन दबाब
खोटाङ । खोटाङ सदरमुकाम दिक्तेल बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य नघटाउन दबाब दिएको भेटिएको छ । दिक्तेलमा हालै सञ्चालनमा आएको ‘रत्नपार्क फ्रेस मासु पसल’ले प्रतिकेजी ३ सय ७० रुपैंयाँमा मासु बिक्री गर्न थालेपछि अन्य मासु ब्यवसायीले तत्काल रोक्न दबाब दिएका हुन् ।
बजारका अन्य व्यापारीले प्रतिकेजी ४ सय ४० रुपैंयाँमा कुखुराको मासु बिक्री गर्दै आएको अवस्थामा उक्त पसलले गत असोज २२ गतेबाट प्रतिकेजी ७० रुपैंयाँ घटाएर बिक्री गर्न थालेपछि अन्य ब्यवसायीले विज्ञप्ती निकालेर बिरोध सुरु गरेका हुन् । एउटा पसलको बिरोधमा उत्रिएका खोटाङ पोल्ट्री व्यवसायी सङ्घमा आवद्ध व्यापारीहरु तत्काल उक्त पसल बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई समेत गुहार्न पुगेको पाइएको छ ।
जिल्लाका अन्य व्यापारीले ग्राहकबाट अत्याधिक मूल्य लिएर व्यवसाय गरेकाले भाउ घटाउन आफुले कम मूल्यमा मासु बिक्री गर्न सुरु गरेको ‘रत्नपार्क फ्रेस मासु पसल’का सञ्चालक राजेन्द्रकुमार श्रेष्ठ (भाने)ले बताए । उनका अनुसार अहिलेको अवस्थामा प्रतिकेजी रु ३ सय ७० मा मासु बिक्री गर्दा पनि ५० रुपैंयाँ फाइदा हुने गरेको छ ।
जिल्लामा स्वस्च्छ प्रतिस्पर्धामा व्यापार÷व्यवसाय गर्न पाउने अधिकार सबैको रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जनाए । सामान्यतः गुणस्तर र परिणाममा फरक पर्ने भए पनि एउटै गुणस्तर र परिणामको व्यवसाय गर्दा मूल्य फरक पर्नु नहुने श्रेष्ठको धारणा छ ।
बढी मूल्य लिएर बिक्री गर्दा पनि जिल्लामा प्रतिदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खपत गर्ने बाहेक सरदर ५ सय केजी बढी ब्रोइलर कुखुराको मासु बिक्री हुने गरेको छ । बाक्लो किरात वस्ती रहेको जिल्लामा खसीको प्रतिकेजी ६ सय, राँगाको ३ सय र सुँगुरको २ सय ५० रुपैंयाँमा प्रति केजी मासु बिक्री हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की