शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञामा पनि बैंकहरू ऋण लगानीमा आक्रामक, एक सातामा १५ अर्ब बाहिरियो

सोमबार, २७ वैशाख २०७८, २३ : ४२
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक सातामै १५ अर्ब रुपैयाँ ऋण  लगानी भएको छ । जबकि यस अवधिमा बैंकमा १० अर्ब निक्षेप भित्रिएको छ । गत सातासम्म (बैशाख १७) ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा यो साता (बैशाख २४) १० अर्बले बढेर ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै ऋण लगानी पनि गत सातासम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । तर यस सातासम्म आइपुग्दा ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । 

अघिल्लो साताको तुलनामा भने गत साता निक्षेप एक अर्ब रुपैयाँले मात्र बढेको थियो । सो बेला कर्जा लगानी भने ११ अर्बले बढेको थियो ।  पहिलो चरणको कोरोना महामारीमा लगानी ठप्प बन्दा बैकिङ सिस्टममा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो । तर अहिले उद्योग धन्दाहरू आंशिक खुला भएकाले पनि लगानी विस्तार आक्रामक बनेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप