बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आखिर किन गर्छ एलन मस्कको दिमागले भिन्न तरिकाले काम ? गरे यस्तो खुलासा

सोमबार, २७ वैशाख २०७८, १४ : १५
सोमबार, २७ वैशाख २०७८

टेस्ला र स्पेसएक्स कम्पनीका मालिक एलन मस्कले उनलाई एस्पर्जर्स सिन्ड्रोम भएको खुलासा गरेका छन् । अमेरिकी कमेडी टेलिभिजन शो स्याटर्डे नाइट लाइभ नामको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

एलन मस्क प्रविधिको दुनियाँका निकै चर्चित अनुहार हुन् ।

एलन मस्कले पहिलो पटक आफूबारे यस्तो जानकारी दिएको अनुमान गरिएको ।

कार्यक्रममा ४९ वर्षका मस्कले दर्शकलाई भने, ‘यति लामो समयदेखि चलिरहेको यो टेलिभिजन शो लाई होस्ट गर्ने म पहिलो व्यक्ति हुँ जसलाई एस्पर्जर्स सिन्ड्रोम छ ।’

एस्पर्जर्स सिन्ड्रोम भएका मानिसहरुले आफ्नो आसपासको वातावरण र मानिसहरुको तुलनामा भिन्न तरिकाले हेर्ने मान्यता राखिन्छ ।

सन् १९७० देखि सुरु भएको कार्यक्रम स्याटर्डे नाइट लाइभमा उनी अघि एडेल, क्रिस रक, रिंगो स्टार र विल फेरलजस्ता हस्ती समावेश भइसकेका छन् । यो शोमा एलन मस्क पाहुनाको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा उनले भने, ‘मलाई भनिएको छ कि कमेडी गर्नका लागि म उत्कृष्ट व्यक्ति हुँ किनभने मेरो आवाजमा खासै उतार–चढाव हुँदैन । वास्तवमा स्याटर्डे नाइट लाइभ कार्यक्रममा समावेश भएर मैले इतिहास रचेको छु किनभने म यसलाई होस्ट गर्ने एस्पर्जर्स सिन्ड्रोम भएको पहिलो व्यक्ति हुँ ।’

दाबीमाथि उठ्यो प्रश्नः

कार्यक्रमका बेला उनको खुलासाका लागि धेरै मानिसहरुले उनको प्रशंसा गरे र ताली बजाएर उनलाई उत्साहित गरे । यद्यपि, सोसल मिडियामा थुप्रै मानिसहरुले उनको यो दाबीमा प्रश्न उठाउँदै उनी अघि यो कार्यक्रममा हास्यकलाकार ड्यान आइकरोएड समावेश भएका थिए जसले खुल्ला रुपमा एस्पर्जर्स सिन्ड्रोम र टुरेट सिन्ड्रोम (कुरा गर्दै गर्दा बाडुल्की लाग्ने समस्या) बारे जानकारी दिएको बताए ।

ट्वीटरमा मस्कका ५.३ करोड फलोअर्स छन् । मस्कले भने, ‘मलाई यो थाहा छ कि कहिलेकाँही म अचम्मको कुरा पोस्ट गरिदिन्छु । तर मेरो दिमागले यसरी नै काम गर्छ ।’

उनले थपे, ‘जसलाई पनि मेरो कारण चित्त दुखेको छ, उहाँहरुलाई म बताउन चाहन्छु कि मैले विद्युतीय कारलाई पुनः निर्माण गरेँ, म रकेटमार्फत् मानिसलाई मंगल ग्रहमा पठाउने तयारीमा छु । के तपाईंलाई लाग्छ कि म साधारण मानिस हुन सकूँला ?’

के हो एस्पर्जर्स सिन्ड्रोम ?

– एस्पर्जर्स सिन्ड्रोम आजीवन रहने मानसिक स्वास्थ्य समस्या हो जसले मानिसहरुलाई भिन्न–भिन्न तरिकाले प्रभावित पार्न सक्छ ।

केही मानिसहरु आफ्नो यो समस्यालाई एस्पर्जर्स सिन्ड्रोम भन्न रुचाउँछन् त कतिले आफूलाई अटिस्टिक वा अटिजम स्पेक्ट्रममा भएको पनि बताउन रुचाउँछन् ।

यो समस्यासँग जुधिरहेका व्यक्तिलाई भनिएको वा नभनिएको कुरा बुझ्न समस्या आउन सक्छ, कुनै प्रकारको जानकारीलाई प्रोसेस गर्नका लागि उनको दिमाग साधारण व्यक्तिको तुलनामा धेरै समय लाग्छ ।

यस्ता मानिसहरुलाई आफ्नो भावना व्यक्त गर्न समस्या हुनसक्छ । यद्यपि, यस्ता मानिसहरु अरु प्रति बढी संवेदनशील र नन अटिस्टिक व्यक्तिको तुलनामा बढी भावुक हुनसक्छन् ।

एस्पर्जर्स सिन्ड्रोम भएका व्यक्तिमा कुनै एक विशेष काम प्रति साधारण व्यक्तिको तुलनामा थुप्रै गुणा बढी रुची हुने गर्छ र उनीहरु त्यसमाथि ध्यान दिन पनि सक्षम हुन्छन् र कतिले यसैलाई आफ्नो करियर बनाउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप