शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काल्सबर्ग गल्फ सिरिज शुरु

आइतबार, २९ असोज २०७४, ११ : ५३
आइतबार, २९ असोज २०७४

काठमाडौं । काल्सबर्ग गल्फ सिरिज २०१७ शुरु भएको छ । ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिदैछ । 

३ वटा सिरिज् मध्येको दोस्रो सिरिजको सुरुवात हिजो भएको हो भने पहिलो प्रतियोगिता २०७४ वैशाख २३ गतेमा भएको थियो र अन्तिम प्रतियोगिता आगामी केहि महिनामा हुनेछ । 

आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई यसमा मौका दिइएको छ । 

प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडिहरु र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडिहरुले अंक प्राप्त गर्नेछन् र तीन वटा इभेन्ट पछि ग्रस अनि नेट विधामा जुन खेलाडिले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिन्छ । यसै गरी प्रत्येक एडिशनका नेट विजेता, नेट उप–विजेता, ग्रस विजेता, ग्रस उप–विजेता, महिला तर्फका विजेता, सिनियर विजेता, सिनियर उप–विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरुलाई पुरस्कार वितरण गरिनेछ ।

सुरेन्द्र सिलवाल, गोर्खा बु्रअरीका उप–प्रबन्ध निर्देशकले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ । फेरि एक पटक यो प्रिमियम गल्फ इभेन्टको आयोजन गर्न पाउँदा हामी गौरवान्वित छौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप