बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रियलमी बन्यो युरोपको सफल स्मार्टफोन, वार्षिक १८३ प्रतिशत बजार वृद्धि

सोमबार, २७ वैशाख २०७८, १३ : ५८
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । विश्वमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपियन देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ । 

विश्वका १३ देशमा विक्री हुने मोबाइल फोन मध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलोपटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताको रुपमा रियलमी देखिएको क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ । 

सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार गर्ने कम्पनीका रुपमा आफुलाई स्थापित गरेको छ, पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टर प्वाइन्ट रिसर्चले जनाएको छ । क्यानिलिसको रिपोर्टमा चेक गणराज्य र ग्रीकमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ । 

यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा ५औँ ठूलो बजार वृद्धि गर्ने खेलाडीका रुपमा रियलमी देखिएको छ । क्यानालिसको सन् २०२१ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार चेक रिपल्बिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा ४१०४ प्रतिशत र ग्रीकमा ४७७ प्रतिशतले निर्यात बढाएको छ भने रसियामा ६८२ प्रतिशतले आपूर्ति बढेको देखिएको छ । 

दक्षिणपूर्वी एसियामा रियलमी बजार विस्तारका हैसियतले उत्कृष्ट ठहरिदै फिलिपिन्समा २३ प्रतिशत बजार शेयर र ९५ प्रतिशतले वार्षिक वृद्धि गर्न सफल देखिएको छ । कम्बोडियामा वार्षिक वृद्धि ३७९ प्रतिशतले गरेको रियलमी इन्डोनेसिया र थाइल्याण्डमा दोब्बर अंकले बजार वृद्धि गरेर रेकर्ड राख्न सफल भएको छ । यसैगरी शीर्ष चार प्रतिस्पर्धीलाई पछ्याउँदै भारतमा रियलमी १२ प्रतिशत बजार वृद्धिका साथ पाँचौँ स्थानमा आफूलाई पार्न सफल देखिएको छ ।

कम्पनीका कार्यकारी निर्देशक सीईओ स्काई लीले भने, ‘२०२१ को पहिलो त्रैमासिकमा बलियो बजार वृद्धिका साथ विश्वका विभिन्न स्थान, विशेषगरी पूर्वी युरोपमा आफ्नो बलियो छाप छाड्न सफल भएकाले गर्व महशुस भएको छ ।’ 

रियलमीको प्रदर्शनीबारे कमेन्ट गर्दै क्यानालिसका उपाध्यक्ष निकोल पेन्गले पछिल्लो एक वर्षको अवधिमा औषतमा हरेक तीन महिनामा ४५ प्रतिशतले बजार विस्तार गरेको बताउँदै प्रशंसा गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप