आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

दाङमा पाँच सङ्क्रमितको मृत्यु

सोमबार, २७ वैशाख २०७८, १२ : ४७
सोमबार, २७ वैशाख २०७८

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । 

अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।  

दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यही वैशाख २४ गते अस्पतालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यही वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५ः०० बजेतिर निधन भएको हो । उनी यही वैशाख २४ गतेदेखि उपचाररत थिए  । त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ः०० बजे निधन भएको हो । 

यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२ः०० बजेतिर निधन भएको हो । ति महिला शनिबार मात्रै आईसीयुमा उपचाररत थिइन् । अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए । उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वासप्रश्वासमा समेत समस्या रहेको थियो ।

एक कोरोना सङ्क्रमितको मृत्यु

रुकुममा हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम ९पूर्व० का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ । भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो । 

अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो । उनलाई अपराह्न ३ः०० बजे हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पताल  लगिएको थियो ।

थप दुईको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राती मृत्यु भएको छ । भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं. ७ बर्दिया निवासी ४६ वर्षीया महिला र बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुष छन् । यही वैशाख २६ गते भेरी अस्पतालमा भर्ना भएकी गुलरिया नगरपालिका वडा नंं ७ बर्दिया निवासी ४६ वर्षीया महिलाको गए राती १०ः०० बजे मृत्यु भएको हो भने यही वैशाख २६ गते भर्ना भएका बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुषको गए राती ११ः५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप