माओवादी संसदीय दलको निर्णय : ओलीको विपक्षमा मतदान
सोमबार, २७ वैशाख २०७८, १२ : ४४
![माओवादी संसदीय दलको निर्णय : ओलीको विपक्षमा मतदान](https://rpcdn.ratopati.com/media/albums/perish_danda_perishdanda_cpn_maoist_8ykC0InNWJ.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
‘प्रधानमन्त्रीले संविधानविपरीत विश्वासको मत लिन खोजेको देखिन्छ । यिनले कुन ढंगले विश्वासको मत लिन खोजे त्यो पनि प्रस्ट छैन,’ बैठकपछि गुरुङले भने, ‘त्यसैले यो सरकारको सन्र्दभमा हामी गम्भीर भएर रणनीति बनाइरहेका छौ । ओली सरकारको विकल्प खोज्ने गरेर हामीले आफ्नो गतिविधि गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’
त्यस्तै माओवादी नेतृ पम्फा भुषालले माधव नेपाल पक्षले लिएको अडान एमालेको आन्तरिक मामिला भएको भन्दै माओवादीले यसमा कुनै टिप्पणी नगर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्
-
कर्णालीमा जनयुद्ध दिवस : १२ स्थानीय तहले दिए बिदा !
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित