बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समुद्री आँधीका कारण नेपाल र हङकङबीचको खेल स्थगित

आइतबार, २९ असोज २०७४, १० : २२
आइतबार, २९ असोज २०७४

हङकङ । नेपाल र हङकङबीच विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आइतबार हुने भनिएको दोस्रो खेल समुद्री आँधीका कारण स्थगित भएको छ ।
आज हुने भएको खेल भोलि खेलाइने छ ।

सिंगल नाम दिइएको आँधी खानुन प्रान्तबाट हङकङतर्फ बढिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । 

आँधी आउने भएपछि प्रशासनले सर्वसाधारणहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाली खेलाडीहरु पनि होटलमा नै बसेका छन् ।

शनिबारदेखि नै हङकङको मौसम प्रभावित भएपछि नेपाली टोलीले सामन्य नियमित अभ्यास गरेका थिए ।

पहिलो खेलमा हङकङसँग ८३ रनले पराजित भएपछि नेपाललाई दोस्रो खेल जित्नै पर्ने दबाब रहेको छ ।

यता, ज्वारोका कारण पहिलो खेल गुमाएका शरद भेषवाकर नेपाल फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप