बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘इजहार’ मा दुई दशकपछि सँगै भंसाली र शाहरुख

आइतबार, २६ वैशाख २०७८, १६ : ४६
आइतबार, २६ वैशाख २०७८

मुम्बई । सुपरस्टार शाहरुख खान र निर्देशक सञ्जय लीला भंसाली करिव दुई दशकपछि एकसाथ काम गर्ने भएका छन् । समाचारका अनुसार भंसालीले शाहरुखलाई आफ्नो नयाँ प्रोजेट ‘इजहार’ को लागि प्रपोज गरेका छन् ।
भंसाली शाहरुखका साथ यो फिल्म ४ बर्ष पहिले गर्न चाहन्थे । तर त्यो समय कुरा मिलेको थिएन ।

फिल्मको कथा सत्य घटनामा आधारित रहेको छ । कथा एक इन्डियन केटा आफ्नो प्रेमको खोजीमा साइकलबाट नर्वे पुग्छन् । अहिलेसम्म फिल्मको घोषणा भने भएको छैन । भंसाली र शाहरुखले यस अगाडि फिल्म ‘देवदास’ मा काम गरेका थिए । उक्त फिल्म २००२ मा रिलिज भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप