शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमृता सिंहदेखि करिष्मा कपुरसम्मः ‘सिंगल मदर’ बनेर यी बलिउड नायिकाले हुर्काए सन्तान

आइतबार, २६ वैशाख २०७८, १५ : ४३
आइतबार, २६ वैशाख २०७८

बलिउडमा जतिपनि सेलिब्रिटी सिंगल मदर छन्, उनीहरु साँच्चै नै अन्य सबै महिलाका लागि एक रोल मोडल हुन् । उनीहरुको साहस र दृढ निश्चय अन्य महिलालाई पनि अघि बढ्न मद्दत गर्छ । आज केही सिंगल मदरबारे यहाँ कुरा गरिएको छ ।

बबिताः

विवाहपछि बबिताले २५ जून सन् १९७४ मा करिश्मा र २१ सेप्टेम्बर सन् १९८० मा करिना कपुरलाई जन्म दिइन् । यतिबेला बबिता र रणधीरबीच ठाकठुक र तनाव पनि पैदा भयो । नतिजा यो भयो कि बबिता र आफ्ना दुई छोरीलाई लिएर छुट्टै बसिन् । यद्यपि, यी दुईले न त दोस्रो विवाह गरेका छन् न सम्बन्धविच्छेद नै ।

पूजा बेदीः

पूजा बेदीले सन् १९९४ मा फरहान अब्राहमसँग विवाह गरिन् र सन् २००३ मा उनको सम्बन्धविच्छेद भयो । उनले आफ्ना दुई सन्तानको पालनपोषण एक्लै गरिन् । छोरी आलियाको जन्म सन् १९९७ र छोरा उमरको जन्म सन् २००० मा भएको थियो । पूजाले आफ्ना बच्चाहरुलाई पूर्ण स्वतन्त्रता दिएकी छिन् र राम्रो संस्कार दिने पनि पूर्ण कोसिस गरेकी छिन् । पूजालाई मान्ने हो भने उनी सधैं आफ्नो बच्चालाई आफूभन्दा ठूलाको सम्मान गर्न सिकाउँछिन् ।

श्वेता तिवारीः

श्वेता तिवारी दुई सन्तान (रेयांश र पलक) को लालनपालन एक्लै गरिरहेकी छिन् । रेयांश श्वेताका दोस्रो श्रीमान् अभिनव कोहली र उनको सन्तान हुन् । यसअघि श्वेता १८ वर्षकी छोरी पलककी आमा हुन् जो उनका जेठो श्रीमान् राजा चौधरीकी छोरी हुन् । सन् २००७ मा राजासँग सम्बन्धविच्छेदपछि उनले पलकलाई सिंगल मदर बनेर हुर्काइरहेकी छिन् । सन् २०१३ मा श्वेताले अभिनेता अभिनव कोहलीसँग दोस्रो विवाह गरिन् तर यो टिक्न सकिनँ र दुबै अलग्गिए ।

करिश्मा कपुरः

९० को दशककी सबैभन्दा चर्चित नायिकामध्ये एक करिश्मा कपुरले अभिषेक बच्चनसँग इन्गेजमेन्ट टुटेपछि उद्योगपति सञ्जय कपुरसँग सन् २००३ मा विवाह गरेकी थिइन् । यी दुईको दुई सन्तान पनि छन् । विवाहपछि करिश्मा कपुरले पूर्ण रुपमा फिल्म इन्डष्ट्रिबाट टाढा भइन् । विवाहको केही वर्षपछि करिश्मा र संजयको सम्बन्धमा दरार आउन थाल्यो र दुबै अलग्गिए । पछि सन् २०१६ मा दुबैले सम्बन्धविच्छेद गरे । सम्बन्धविच्छेदका बेला करिश्माले श्रीमानबाट करोडौं रुपैयाँ र बच्चाको कस्टडी पाइन् । त्यसपछि नै करिश्मा सिंगल मदर बनेर एक्लो जीवन बिताइरहेकी छिन् ।

अमृता सिंहः

सैफ अली खानकी पूर्व श्रीमती अृमता सिंहले सम्बन्धविच्छेदको १६ वर्ष पछि नै दोस्रो विवाह गरेकी छैनन् । उनी एक्लैले आफ्नो सन्तान हुर्काइरहेकी छिन् । नायिकाले सन् १९९२ मा सैफ अली खानसँगको विवाह पछि सन् २००४ मा सम्बन्धविच्छेद गरेकी थिइन् । यी दुईका दुई सन्तान सारा अली खान र इब्राहिम खान छन् । सारा अली खान बलिउडकी निकै चर्चित नायिका बनिसकेकी छिन् । यस्तै अमृता पनि फिल्ममा साइड भूमिका निभाइरहेकी हुन्छिन् । जतिबेला उनलै सैफसँग विवाह गरिन्, त्यतिबेला उनी निकै चर्चित थिइन् तर विवाह पछि उनले अभिनय छोड्नुपरेको थियो ।

 चित्रांगदा सिंहः

देसी ब्वाइजकी नायिका चित्रांगदा सिंहले सन् २००१ मा व्यावसायिक गोल्फर ज्योति सिंह रंधावासँग विवाह गरेकी थिइन् । विवाहको १४ वर्षपछि यी दुई अलग बस्न थाले र सन् २०१५ मा दुईले सम्बन्धविच्छेद गरे । यी दुईका एक छोरा छन् जसको कस्टडी चित्रांगदासँग छ र सिंगल मदर बनेर उनले आफ्नो  छोरा हुकाइरहेकी छिन् ।

रीना दत्ताः

आमिर खानकी पूर्व श्रीमती रीना दत्ता सम्बन्धविच्छेदपछि एक्लो जीवन बिताइरहेकी छिन् । उनले पनि आफ्नो सन्तानको एक्लै नै हेरविचार गरिरहेकी छिन् । रीना कयामत से कयामत तक फिल्ममा सानो तर महत्वपूर्ण भूूमिकामा थिइन् । त्यसपछि उनले थुप्रै फिल्म निर्माण गरिन् । सम्बन्धविच्छेद पछि छोरा जुनैद र छोरी आइराको कस्टडी रीनाले पाएकी थिइन् । थुप्रै वर्षसम्म रीना बच्चासँग बसेकी थिइन् । उनकी छोरी आइरा यसै वर्ष आफ्नो नयाँ घरमा सरेकी छिन् । यस्तै आमिर खानले किरण रावसँग आफ्नो नयाँ घर बसाइसकेका छन् ।

महिमा चौधरीः

परदेस नायिका महिमा चौधरीले सन् २००६ मा व्यापारी बबी मुखर्जीसँग विवाह गरेकी थिइन् । यी दुईको ८ वर्षकी छोरी एरियाना छिन् । केही वर्ष चलेको विवाहमा उनीहरुको विचार मेल नखाएपछि उनीहरुले सन् २०१५ मा सम्बन्धविच्छेद गरे । महिमा अब छोरीसँग आफ्नो जीवन बिताइरहेकी छिन् । सम्बन्धविच्छेद पछि महिमा अभिनयमा फर्कन चाहेकी थिइन् तर उनको योजना पूरा हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप