शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली युवा उद्यमी फोरमको अध्यक्षमा कर्माचार्य चयन, कोरोना महामारी बिरुद्ध एक हुन सबै युवा उद्यमीलाई आग्रह

आइतबार, २६ वैशाख २०७८, १५ : २६
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भातृ संगठन ‘नेपाली युवा उद्यमी फोरम’ काठमाडौं च्याप्टरको चौंथो साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ । कोभिड १९ महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले नीरज कर्माचार्यलाई अध्यक्षमा चयन गरेको छ । 

यसैगरी, सभाले प्रथम उपाध्यक्षमा चिराग गोयल र दोस्रो उपाध्यक्षमा प्रार्थना साखालाई चयन गरेको छ । फोरमको कार्यकारी समिति सदस्यमा अभिमन्यु गोल्छा, आप्पा शेर्पा, क्षितिज तामाङ, दिपिका श्रेष्ठ, इच्छा मल्ल, रसना श्रेष्ठ र सुबिन श्रेष्ट चयन भएका छन् । 

कोरोना महामारी बिरुद्ध एक हुन सबै युवा उद्यमीलाई फोरमका नवनियुक्त अध्यक्ष नीरज कर्माचार्यले आग्रह गरे । कोरोनाको महामारीले निम्त्याएको यस कठिन परिस्थितीमा सबै युवा उद्यमीहरु एक हुँदै एकअर्कालाई साथ दिन आवश्यक भएको नवनियुक्त अध्यक्ष कर्माचार्यले बताए । उनले आगामि ४ वर्षमा उद्यमशीलताका ४ प्रमुख क्षेत्रहरुमा केन्द्रित हुने पनि बताए ।

फोरमका नवनियुक्त प्रथम उपाध्यक्ष चिराग गोयलले युवाहरु एक भएमा जे पनि सम्भव हुने भएकाले मुलुकमा देखिएको अहिलेको कठिन परिस्थितीमा हातेमालो गर्न सवै युवा उद्यमीहरुलाई आग्रह गरे । 
नेपाली युवा उद्यमी फोरममा हाल ८० जना सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप