शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आइपिओ निष्काशन गर्न लागेको सिटिजन्सको वित्तिय अवस्था

आइतबार, २६ वैशाख २०७८, १३ : ४८
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपिओ जारी गर्न लागेको सिटिजन्स लाइफ इन्स्योरेन्सले १.२६ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष यसले १४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । 

हाल सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ७६ करोड रुपैयाँ छ । कम्पनीले आइपिओ जारी गरी वीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने तयारी गरिरहेको छ । चैत मसान्तसम्म जीवन वीमा कोषको आकार ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप