पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो । आइतबार पोखराका मणिपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगायतका अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का ६० वर्षीय पुरुषको पनि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा वैशाख २१ गते संक्रमण भेटिएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका– ९ की ३१ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मेडिप्लस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ती महिलामा यही बैशाख १८ गते संक्रमण देखिएको थियो ।
यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका –५ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङजा गल्याङ नगरपालिका –३ की ६० वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण देखिएको थियो ।
यस्तै पोखरा महानगरपालिका–२ की ५८ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा महानगरपालिका–२७ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा वैशाख २३ मा कोरोना संक्रमण देखिएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–१९ का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा महानगरपालिका १२ की ३५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १६ मा कोेरोना संक्रमण देखिएको थियो ।
त्यस्तै पर्वत जिल्लाको कुश्मा नगरपालिका १३ का ४२ वर्षीय पुरुषको समेत उपचारका क्रममा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख २१ गते कोरोना देखिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)