बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

कोरोना लागेका सांसदले कसरी भोट हाल्ने ?

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
आइतबार, २६ वैशाख २०७८, १० : ३३
आइतबार, २६ वैशाख २०७८

कोराना पोजेटिभ देखिएका सांसदहरुले सोमबार प्रतिनिधिसभामा कसरी मतदान गर्ने भन्नेबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सोमबार सुरु हुने संसद बैठकमा कसरी स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउने भन्नेबारे छलफल हुने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले रातोपाटीलाई बताए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संसद बैठक आयोजना गरिएका कारण यो असामान्य स्थितिमा कोरोना पोजेटिभ भएका सांसदहरुलाई पनि मतदानको अधिकारबाट बञ्चित नगरिने संसद सचिवालयले जनाएको छ ।

तर, संक्रमित सांसदहरुले कसरी मतदान गर्ने भन्नेबारे आजको कार्यव्यवस्था परामर्श समितिमा सबै दलका सचेतकहरुसँग छलफल गरिने सचिवालयको भनाइ छ ।

यसअघि चिकित्सकहरुको टोलीले संसद भवनको निरीक्षण गरेर स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सुझाव दिएका छन् । सांसदहरुले तीन मिटरको दुरी कायम गरेर बस्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।

बढ्दो जोखिम

अहिलेसम्म प्रतिनिधिसभाका १८ सांसदलाई कोरोना पोजेटिभ देखिएको छ । अझै ५४ सांसदको परीक्षण हुन बाँकी छ । पीसीआर जाँच गरिएकाहरु पनि थप संक्रमित हुन सक्ने जोखिम रहेकाले आवश्यक परेर तत्काल एन्टीजेन परीक्षण गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।

हालसम्म कोरोना पोजेटिभ देखिएका सांसदहरुमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, जुलीकुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ, लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण, सुरेशकुमार राई, माया न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, नरमाया ढकाल, महेश बस्नेत, रामबाबु यादव, गोपालबहादुर बम, नमीता कुमारी चौधरी, शान्तिमाया तामाङ, विनाकुमारी श्रेष्ठ, रेनुका गुरुङ, पुष्पाकुमारी कर्ण कायस्थ,भानुभक्त ढकाल,बीना मगर, भरतकुमार शाह, प्रमोद शाह, दीपकप्रकाश भट्ट लगायत छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप