अक्सिजनको जोहो : फ्याक्ट्रीबाहिर आफै लाइन लाग्न थाले बिरामीका आफन्त
शनिबार, २५ वैशाख २०७८, १९ : २४
बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न सर्वसाधारण लाइन बस्न थालेका छन् । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किँदै गएको छ । अक्सिजन अभाव चर्किँदै गएपछि मानिसहरु आफै फ्याक्ट्रीको गेटसम्म धाउन बाध्य भएका हुन् ।
याे पनि
फ्याक्ट्रीबाहिर पर्खेर बसेका बिरामीका आफन्तहरु खाली सिलिन्डर भरिएर कतिखेर आउने होला भनेर निराश मुद्रामा बसेको भेटिन्छन् । अहिले अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्न शुरु गरेका छन् भने व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको छ ।
हेर्नुहोस् तस्बिर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना