चलचित्रमा काम गर्नेलाई बीमाको व्यवस्था आवश्यकः हरिवंश आचार्य

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको केही दिनदेखि राजधानीमा जारी रहेको छ । महोत्सवको दोस्रो दिन शुक्रबार नेपाली चलचित्रमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तरक्रिया भएको छ । जुम मार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र विभिन्न व्यक्तिहरुले आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा काम गर्नेलाई उचित बीमाको ब्यवस्था गर्नुपर्ने बताए । उनले चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्न मौलिक कथाहरूको श्रृजना गर्नु आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्ने लगायत विषयमा गहन अध्याय बिना सुरु भएको स्थापित हुन गाहो भएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन एवं विश्व बजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको बताए ।
सासंद डा. बिन्दा पाण्डेले चलचित्र विकासका बाधहरु नियम, कानुन मार्फत छलफल गरेर हटाउन सुझाएकी छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य .डा रामकुमार फुयाँल, बसुन्धारा भुषाल, सुरक्षा पन्त , सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली , बरिष्ठ अर्थशास्त्री डा. बिश्व पौडेल, पूर्व सचिव चन्द्र घिमिरे लगायतका व्यक्तिहरुले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा लगातार भूकम्प
-
पूर्वराजाका समर्थकले गरेको तोडफोड अनुगमनमा निस्कँदै गृहमन्त्री
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई तुलना गर्दै एमाले महासचिवले भने–असलियत उदांगिएको छ
-
१५ तस्बिरमा म्यानमारको विनाशकारी भूकम्प
-
प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना
-
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १४४ पुग्यो, उद्धार जारी