शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा नेपालीले गरे रक्तदान

शुक्रबार, २४ वैशाख २०७८, १७ : ३३
शुक्रबार, २४ वैशाख २०७८

कतार । कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली समुदायले रक्तदान गरेका छन् । नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईको विशेष उपस्थितिमा नेपाली रक्तदाता संघ, कतारले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्थाको संयोजन र विभिन्न सामाजिक संघ–संस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदानमा ६७ जनाले रक्तदान गरेका छन् । कोरोनाका महामारीका बीच सम्पन्न कार्यक्रममा दूतावासका कर्मचारी भट्टराईले रक्तदान पुण्यको कार्य भएको बताए ।

उनले नेपाली रक्तदाता संघ कतारले उदाहरणीय काम गरेको बताए । नेपाली रक्तदाता संघ कतारका अध्यक्ष तेज कटुवालले विषम परिस्थितिमा उल्लेख्य उपस्थिति रहेको बताए । अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप