बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदको अन्तिम भोजः हात हल्लाउँदै भावुक हुँदै यसरी बिदा भए (फोटो फिचर)

शनिबार, २८ असोज २०७४, २१ : ५४
शनिबार, २८ असोज २०७४

काठमाडौं– चार वर्षे कार्यअवधिको ब्यवस्थापिका संसदको कार्यकाल समाप्त भएको छ । असोज २९ गते प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्वाचन कार्यक्रमको अघिल्लो दिन शनिवार रातीबाट संसदको अवधि समाप्त भएको हो । २०७० मंसिरमा भएको दोश्रो संविधानसभा निर्वाचनपछि माघ ५ गतेबाट शुरु भएको संविधानसभा २०७२ असोज ३ मा संविधान जारी गरिएपछि ब्यवस्थापिका संसदको रुपमा रुपान्तरित भएको थियो ।  

आफ्नो कार्यकालमा संसदले ५६ बिधेयक, २ आर्थिक वर्षको बजेट पारित गरेको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । यो अवधिमा ६ सय ६४ बैठक बसेको थियो भने यही संसदले दुई प्रधानमन्त्रीलाई निर्वाचित समेत गरेको थियो । २०७२ असोज २९ गते भएको सभामुखपदको निर्वाचनबाट विजयी भएर ओनसरी घर्तीले संसदको अध्यक्षता गर्दै आएकी थिइन् । 

के के गरे सांसदले अन्तिम दिन ?

निर्वाचन प्रक्रिया शुरु भएसँगै आफ्नो कार्यकाल सकिएपछि सांसदहरु भावुक मुद्रामा संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । दिनभर जसो अधिकांश सांसदहरु फोटोसेसनमा ब्यस्त भए । उनीहरुले आफ्ना समकक्षी, दलका नेता, सभामुख तथा मन्त्रीहरुसँग फोटो खिचाए । 

यस्तै, अधिकांश सांसदहरु एक अर्काको सेल्फी खिच्न पनि निकै ब्यस्त देखिन्थे । दिउँसो २ बजेबाट ३ बजेसम्म संसद भवन प्राङ्गडमा सभामुख तथा मन्त्रीहरुसँग सामुहिक फोटोसेसनको कार्यक्रम राखिएको थियो । संसद बैठक चल्नुपूर्व सांसदहरुको समूह फोटो खिच्नमा ब्यस्त भयो । यसरी, सामुहिक फोटो खिच्ने खिचाउनेमा कर्मचारी तथा पत्रकारहरु पनि उत्तिक्कै सक्रिय थिए । 

संसद चलिरहेकाबेला बैठक कक्ष पूरै भरिएको थिएन । सांसदहरु क्यान्टिनमा खाजा खान ओहोरदोहोर गरिरहेका थिए । 

साँझ ७ बजे संसद बैठक सकिएपछि सांसदहरु हात हल्लाउदै, कोही सेल्फी खिच्दै बाहिरिएका थिए । संसद भवन परिसर रात्रीभोजको ब्यवस्था गरिएको थियो । रात्रीभोजमा सहभागी भएर फर्कनेबेला पनि केही सांसद संसद भवनलाई पछाडि पारेर सेल्फी खिचिरहेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप