कैलालीमा संक्रमित बढेपछि गेटा मेडिकल कलेजमा आइसोलेसन बन्दै

सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना संक्रमणको दोस्रो लहरले दैनिक ठुलो संख्यामा मानिस प्रभावित हुन थालेपछि गेटा मेडिकल कलेजमा आईसोलेसन कक्ष निर्माण भइरहेको छ ।
सेती प्रादेशिक अस्पतालमा रहेको ६० बेडको आईसोलेसन कक्षमा बिरामीको चाप बढ्न थालेपछि गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण गर्न थालिएको हो ।
दुई हजार बेडको आइसोलेसन बनाउने लक्ष्य रहे पनि तत्काल १०० बेड क्षमताको आइसोलेसन निर्माण भइरहेको हो । पछि क्रमशः शय्या विस्तार गर्दै लैजाने बताइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर गेटा मेडिकल कलेज भवनमा आईसोलेसन निर्माणका लागि प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।
मेडिकल कलेजमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा आईसोलेसन कक्ष निर्माण गरिएको हो । आईसोलेसन कक्ष निर्माणमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको पनि सहकार्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निकट भविष्यमै बिरामी भर्ना गर्न सुरु गरिने उनले बताए ।
गोदावरी नगरपालिकाका नगर उपप्रमुख रत्ना कडायतका अनुसार गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको सहकार्यमा आईसोलेसन कक्ष निर्माण कार्य अघि बढेको बताइन् ।
‘दुई हजार बेडको लक्ष्य रहे पनि आवश्यकता अनुसार बेड संख्या थप्दै जानेगरी काम भइरहेको छ,’ उनले भनिन् ।
यतिबेला कैलालीमा संक्रमण र मृत्युदर बढ्दै गएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन उनले सबैलाई आग्रह गरिन् ।
यसअघि धनगढी उपमहानगरपालिका–१५ मा रहेको २०० बेडको आईसोलेसन कक्ष निर्माण भईसकेको छ । कैलालीमा कोरोनाका कारण हालसम्म ६८ जनाको मृत्यु भएको छ भने ७ हजार ५६१ जना संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू