ओली सरकार विवेकहीन भयोः नैनसिंह महर
नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना महामारीबाट देश आक्रान्त भइरहेको बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचारमा संलग्नहरूलाई दण्डित हुनुपर्ने बताएका छन् ।
नागरिक स्वास्थ्य संकटले बिचल्लीमा परेका तर सरकार कमिसनको चक्करमा खोप र औषधिको कृतिम अभाव गराएर जनता मार्ने जनघाती काममा लागेको महरले आरोप लगाए ।
संकटमा सहयोगी हातहरु' नामक अभियानले आयोजना गरेको 'कहाँ चुक्यो सरकार' बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले वर्तमान सरकार विवेकहीन सावित भएको बताए । सरकारको ३ बर्षे कार्यकालमा भ्रष्टाचार, आर्थिक अनियमितताका दर्जनौं काण्डहरू भएको उल्लेख गर्दै भने, 'जनता स्वास्थ्य संकटले विचल्लीमा परेका छन् तर कम्युनिष्ट नामधारी सरकार भ्याक्सिन लगायत स्वास्थ्य सामग्री उपलब्ध नगराएर कमिसन खाने चक्करमा जनता मार्ने जनघाती काममा उद्धत छ ।'
लामो समयदेखि महामारी संक्रमणको भय र त्रासले आतंकित भएर जीवनरक्षाका लागि जनताले गरेको पुकार सुन्नुको सट्टा स्वास्थ्य सामग्री र भ्याक्सिन खरिद गर्दा भ्रष्टाचारजन्य कार्यमा स्वयं सरकार संलग्न देखिनु अमानवीय र असंवेदनशीलताको पराकाष्ठा भएको नेता महरले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?
-
औषधी सिफारिसमा स्वास्थ्य मन्त्रीले लिए ‘एक्सन’
-
राष्ट्रिय परिचयपत्र विवाद : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
-
यस्तो देखियो क्रिसमस ‘इभ’, तस्बिरमा हेर्नुहोस्
-
छविलाई न्यायाधीशको २३ प्रश्न, आरोपमाथि इन्कारी बयान