शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार कसुरमा आठ वर्ष कैद

बुधबार, २२ वैशाख २०७८, २२ : २१
बुधबार, २२ वैशाख २०७८

किमाथाङ्का । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई  आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । 

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र रु २५ हजार क्षतिपूर्ति भराउन आदेश र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईंले बताए । पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप