शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

बुधबार, २२ वैशाख २०७८, १७ : ५१
बुधबार, २२ वैशाख २०७८

ओखलढुंगा । ओखलढुंगाका थप एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार ओखलढुंगा सामुदायिक अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा सिद्धिचरण नगरपालिका ११ रमाईलो डाँडाका ५१ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टी भएको हो ।

केही दिनअघि देखि ज्वरो तथा रुघा खोकीका कारण ग्रसित बनेका उनको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उनीसँग एन्टिजेन परीक्षण गराएका अन्य दुईजनाको भने रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टी भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि सोही अस्पतालको आइसोलेसन कक्षामा राखिएको छ ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको स्वास्थ्य प्रमुख तिवारीको भनाई छ । संक्रमित देखिएका ब्यक्ति यसअघि अन्तर जिल्लाबाट आउजाउ नगरेको पाइएको छ । तर पनि उनमा कोरोना देखिएकाले उनीसँग सम्पर्कमा आएका व्यक्ति तथा परिवारका सदस्यलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न जिल्ला स्वास्थ्य कार्यलयले आग्रह गरेको छ । यो संगै जिल्लामा ३७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६ जना संक्रमण पुष्टि भैसकेको छ । यसैबीच जिल्ला स्वास्थ्य कार्यलयले कारोना संक्रमणको जोखिम बढेकाले सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप