सिरहा कारागारका कैदीसँगको भेटघाट बन्द
सिरहा । सिरहा जिल्ला कारागारमा रहेका कैदीसँग भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदी बन्दी सँगको भेटघाट बन्द गरिएको हो । आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै कारागार प्रशासनले भेटघाट बन्द गराएको कार्यालय प्रमुख बबिता महतोले जानकारी दिइन् ।
उनले भनिन्, “बाहिरबाट मान्छे आउँदा भित्र रहेकालाई कोरोना सर्न सक्ने खतरा भएकाले भेटघाट बन्द गराएका छौँ ।” दोस्रो चरणको कोरोना भाइरस पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा आउने आफन्तलाई गेटबाट फर्काइएको उनले बताइन् । भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत रोक लगाइएको उनको भनाइ छ । उनले भनिन्, “बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएका बाहेक अन्य कैदीबन्दी नपठाउन भनेका छौं ।” जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरिएको उनले जानकारी दिइन्। उनले भनिन्, “कारागारमा कोरोना सङ्क्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाएका छौ ।”
जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउने बित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । तीस जना अट्ने क्षमता रहेको सो क्वारेन्टिनमा अहिले पनि कैदीबन्दी रहेका छन् । पहिलो चरणको कोरोना सङ्क्रमणको समयमा विसं २०७६ साल चैत ८ गतेदेखि २०७७ साल माघ २५ गतेसम्म भेटघाट बन्द गरिएको थियो ।
जिल्ला कारागार कार्यालयमा अहिले ५ सय ८१ जना कैदीबन्दी रहेका छन् । त्यसमा पुरुष ५५५, महिला २३ र तीन जना आश्रित बालबालिका रहेका छन् । जसमध्ये ४८१ ले कोरोनाविरुद्धको दोस्रो चरणको खोप र ४१ जनाले पहिलो चरणको खोप लगाइसकेको महतोले जानकारी दिइन् । कारागार कार्यालयमा १५ महिला र १३५ पुरुष राख्ने क्षमता रहेको समेत महतोले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ