१२ घण्टामा प्रदेश १ मा ७ कोरोना संक्रमितको मृत्यु

पछिल्लो १२ घण्टामा प्रदेश १ मा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङमा २ जना, सुनसरीमा १ जना र झापामा १ जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबेल मेडिकल कलेजमा चार जनाको र एक जनाको बेलबारीमा होम आइसोलेसनमा मृत्यु भएको छ । यस्तै एक जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना र झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये दुई जना महिला र पाँच जना पुरुष रहेका छन् । मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक, झापाका एक र सप्तरीका दुई जनाको मृत्यु भएको हो ।
बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक उनको बिहान ४ बजेतिर मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
नोबेलमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो । श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गएको उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो ।
इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।
यसैगरि सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेका बृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
उता झापाको बिएण्डसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
६ दिनअघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका झापाको शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय बृद्धको मृत्यु भएको हो ।
काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि हेलिकप्टरबाट बिएण्डसी अस्पताल ल्याइएको थियो । मृतकका परिवार सदस्यका अनुसार उनको सोमबार साँझ मृत्यु भएको हो ।
यसैगरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरकिा कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका १, सप्तरीका ५० वर्षीय पुरुष छन् ।
श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएका उनको मंगलबार विहान ५ः१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्य दीर्घरोगी थिए ।
यसैबीच मोरङ लेटाङ २ स्थित फँडानीमा १३ जना संक्रमित शिल पुष्टि भएपछि गाउँलाई शिल गरिएको छ ।
लेटाङ नगरपालिकाले फँडानीमा शिल गरी संक्रमितको परिवार र उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहिचानका लागि कन्ट्रयाक ट्रेसिङको गर्ने काम थालिएको लेटाङ नगरपालिका स्वास्थ्य शाखाको संयोजक महेन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज जनकपुरमा ३२.३० डिग्री तापक्रम पुग्ने अनुमान
-
एउटा सिएको गोठालो बन्ने सपना, जहाँ ‘देशी गाई’को दुध बेचिँदैन
-
ट्रम्पसँगको झगडापछि जेलेन्स्कीलाई ‘फलामको मुटु भएको राष्ट्रपति’ भन्दै छन् युक्रेनी जनता
-
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
-
विजययात्रा कायम राख्दै समूह विजेता बन्ने दाउमा भारत र न्युजिल्यान्ड
-
प्रहरीले अनुसन्धानलाई प्रविधि मैत्री बनाउन आवश्यक छ : मुख्यमन्त्री आचार्य