शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब एक अनियन्त्रित कार हाइवेबाट उडेर जंगलभित्र पस्यो....

शनिबार, २८ असोज २०७४, १४ : २६
शनिबार, २८ असोज २०७४

दुनियाँको हरेक कुनामा हरेक दिन सडक दुर्घटनाको खबर आउने गर्दछ । यी दुर्घटनाका कारण थुप्रैले आफ्नो जीवन गुमाएका पनि छन् । तर पनि मानिसहरुले नियमको धज्जी उडाएर सडकमा तीब्र गतिमा गाडी चलाउँछन् जसका कारण उनीहरुको ज्यान जोखिममा पर्ने गर्दछ ।

तर पनि कुनैबेला दुर्घटना यति भयानक हुँदापनि त्यसमा सवार मानिसहरुको ज्यान बचेको हामीले देख्नेसुन्ने गरेका छौं ।

यस्तै एक घटना चीनमा घटित भएको छ । एक तीब्र गतिको कार अनियन्त्रित भएर हावामा उडेर दुईवटा रुखबिच फस्यो । कारको गति यति तीब्र थियो कि अनियन्त्रित भएपछि हाइवेबाट उड्दै जंगलमा छिर्यो र हावामा नै दुई रुखबिच फस्यो ।

यो दुर्घटनाको एक भिडियो जारी गरिएको छ जसमा कार दुईवटा रुखबिच फसेको स्पष्ट रुपमा देख्न सकिन्छ । चीनको हिलोन्गजियान्ग प्रान्तको सिहुआ शहरमा उक्त दुर्घटना भएको हो । स्रोतका अनुसार कारको गति अत्यधिक थियो, एक्सप्रेस वे बन्द भएका कारण उच्च गतिको कारले आफ्नो नियन्त्रण गुमायो जसका कारण उक्त दुर्घटना भएको हो ।

 सिजिटिएनका अनुसार ड्राइभर निकै तेज गतिमा कार चलाइरहेका थिए र राती कम भिजिबिलिटीका कारण कारमाथि नियन्त्रण गुमायो ।

पुलिस अधिकारी घटनास्थल पुग्दा कार पूर्ण रुपमा तहसनहन भएको पाए । कारको विभिन्न हिस्सा फुटेर जमिनमा खसेका थिए तर कार दुई रुखबिच फसेको थियो । क्रेनको मद्दतले कारलाई जमिनमा उतारियो । कारलाई उतार्न निकै समस्या भयो । कारमा सवार पाँच यात्रीलाई कारबाट बाहिर निकालिएको र उनीहरुलाई साधारण चोट लागेको पुलिसले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप