आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

रोल्पामा निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइँदैन ?

मङ्गलबार, २१ वैशाख २०७८, १४ : २२
मङ्गलबार, २१ वैशाख २०७८

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा वैशाख २२ गतेदेखि लागू हुनेगरी १५ दिनसम्म निषेधाज्ञा जारी भएको छ ।  कोरोना संक्रमण बृद्धि हँुदै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्नेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जारी गरेको आदेशमा भनिएका वैशाख २२ गते बिहान ६ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएकोे छ ।

रोल्पामा कोरोनाले अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, सुनीलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिकालगायतमा कोरोना संक्रमण फैलिएको हो ।

निषेधाज्ञाको अवधिमा अस्पताल, स्वास्थ्य सामग्री र औषधि पसल २४ घण्टा नै खुला रहने छ । खाद्यवस्तु, ग्यास, दूग्धजन्य पदार्थ, तरकारी, खाद्यवस्तु, ग्यास, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसलले भने पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप