लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार
सोमबार, २० वैशाख २०७८, २१ : ५१
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए । सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा(एमाले)का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित