१० प्रेरक भनाइ
१, जमिनको टिप्न खोज्नु नराम्रो होइन, खोज्नुपर्छ तर जमिनको टिप्न खोज्दा पोल्टाको पोखिनु वा पोखिन दिनु चाहिँ हुँदैन ।
२, भारी त्यत्रै बोक्न खोज्नुपर्छ जति आफूमा बोक्न सक्ने क्षमता छ । अन्यथा भारीलाई होइन भारीले नै बोकिदिने अवस्था आउन सक्छ ।
३, भारी र भरिया हमेशा सँगै रहदै आएका छन् । भारीले भरिया बनाएको हुन्छ, भरियाले भारी बनाउँछ । भरिया छ त भारी पनि छ । भारी छ त भरिया पनि छ । जबतक भारी रहन्छ तबतक भरिया पनि रहन्छ अनि जबतक भरिया रहन्छ तबतक भारी पनि रहेकै हुन्छ ।
४, काम ठूलो र सानो भन्ने हुँदैन तर कामले ठूलो र सानो भने बनाउँछ ।
५, ठूलो र सानो भन्ने आँखाको भ्रम मात्र हो । वास्तवमा संसारमा ठूलो र सानो भन्ने नै हुँदैन । सबैको महत्व आ–आफ्ना स्थानमा उत्तिकै हुन्छ । हम्मरको स्थानमा हम्मर ठूलो, किलाको स्थानमा किला ठूलो । न हम्मरले गर्ने काम किलाले गर्न सक्छ न किलाले गर्ने काम हम्मरले गर्न सक्छ । कसलाई ठूलो भन्ने कसलाई सानो भन्ने । दुवै ठूलो, दुवै सानो, सारमा दुबै बराबरी ।
६, आँखाले न देख्ने बित्तिकै केही पनि हुन्न र छैन भन्नुहुँदैन । वास्तवमा देखिएको भन्दा नदेखिएको संसार ठूलो छ, ठूलो हुन्छ । किनकि रुखलाई थाम्ने काम जराले गर्छ, घरलाई उठाउने काम जगले गरेको हुन्छ ।
७, अगाडि बढ्न चाहनेले पछाडि पनि हेर्नुपर्छ । पछाडिको संसार बिर्सेर अगाडि बढ्न गाह्रो पर्छ । गाडीलाई पनि गति लिन केही पछि हट्नुपर्छ र खेलाडीलाई पनि जम्म लिन केही पछि हटेर शक्ति सञ्चय गर्नुपर्ने हुन्छ ।
८, सत्यसमेत निरपेक्ष हुँदैन । गुलियो मीठो लाग्नेलाई त्यही सत्य हो, अमिलो मीठो लाग्नेलाई त्यही सत्य हो । यहाँ गुलियो सत्य मानौँ भने अमिलोले बाधा दिएको छ । अमीलोलाई सत्य भनौँ भने गुलियो बाधक बन्न पुगेको छ ।
९, सङ्गतमा ठूलो शक्ति हुन्छ । जस्ताको सङ्गत ग¥यो त्यस्तै हुनुपर्छ, भइन्छ । आगोको सङ्गतमा पर्दा पानी पनि आगो जस्तै तातो हुन पुग्छ, पानीको सङ्गतमा पर्दा आगोले पनि पानी जस्तै चीसो बन्नुपर्छ ।
१०, सम्मान चाहनेले अरुको सम्मान गर्न सिक्नुपर्छ । त्यही व्यक्ति सम्मान लायक बन्छ, बन्न सक्छ जसले अरुको सम्मान गर्ने गरेको छ ।
स्रोत :– विभिन्न पुस्तक तथा पत्रपत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा