कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि
नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २३३ प्रतिशतले संक्रमण दर बढेको छ । यसैगरी कर्णालीमा २१६ प्रतिशत, सुदूरपश्चिममा १८४ प्रतिशत, वाग्मतीमा १८३ प्रतिशत र गण्डकीमा १०९ प्रतिशतले कोरोना संक्रमण बढेको छ । प्रदेश १ मा १७४ र प्रदेश २ मा १११ प्रतिशतले कोरोना बढेको देखिएको छ ।
एक महीनाअघि नेपालमा संक्रमण सयभन्दा कम रहेकोमा आइतवारको तथ्यांक हेर्दा दैनिक संक्रमण दर नै ७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार मात्र ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । मन्त्रालयका अनुसार आइतवार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९४ नयाँ संक्रमित फेला परेका छन् । आइतवार थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगिसकेको छ ।
अघिल्लो वर्ष सरकारले निजी अस्पताललाई पनि केही प्रतिशत शय्या अनिवार्य रूपमा कोभिडका लागि छुट्ट्याउन निर्देशन दिएकोमा यस वर्ष निजी अस्पताललाई कोभिड उपचारका लागि अनिवार्य गरेको छैन । निजी अस्पताललाई अस्पताल बेड अनिवार्य नगरेका कारण निजीका शय्या खाली रहे पनि सरकारीमा चाप बढेको छ । चिकित्सकहरूले अहिले अन्य रोगका बिरामीको संख्या पनि घटेकाले निजीका शय्यासमेत कोभिड उपचारका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन् । ‘निजी अस्पताललाई समेत समेटेर तथा अस्थायी संरचना बनाएर कोभिडका बिरामीको उपचार गर्न सकिन्छ,’ महामारी विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले भने ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति
-
कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत