३४ वर्षकी उपासना बनिन् बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत
आइतबार, १९ वैशाख २०७८, १५ : ५९
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन् ।
पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।
‘उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो,’ कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा