बुटवलमा थप दुई जना संक्रमितको मृत्यु
शनिबार, १८ वैशाख २०७८, १० : ०१

शनिवार बिहान प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासीका एक जना र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।
नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ भने रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिए ।
वैशाख १३ गते संक्रमण पुष्टि भएका उनीहरु १६ गते देखि त्यस अस्पतालमा भर्ना भई उपचार गराई रहेका थिए ।
यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस