रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने ३ जनालाई जेल !
शुक्रबार, १७ वैशाख २०७८, २१ : ४०

रुपन्देही प्रहरीले निषेधाज्ञा उलंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा प्रहरीले थियो ।
नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
उनीहरुले ९ हजार जरिवाना रकम तिर्न नसक्दा कारागार पठाएको प्रहरीले जनाएको छ । थापाले नियन्त्रणमा लिइएका अन्य भने जरिवाना वापतको रकम तिरेर छुटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन्–कुन् स्थानमा काटिंदैछ बिजुली ?
-
ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो