शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बार्सिलोनालाई ग्रानाडाको धक्का, शीर्ष स्थानमा उक्लने मौका गुम्यो

शुक्रबार, १७ वैशाख २०७८, ११ : ४२
शुक्रबार, १७ वैशाख २०७८

आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो ।

खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै अवसरहरू गुमाएको थियो । दोस्रो हाफमा डार्विन माचिसले बराबरी गोल फर्काए । त्यसपछि जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए ।

बिहीबारको खेलमा जीत हासिल गरेको भए बार्सिलोनाले शीर्ष स्थानमा एक अंकको अग्रता बनाउने थियो । तर, हारपछि बार्सिलोना शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि र रियल म्याड्रिडसँग अंक बराबार गर्दै तेस्रो स्थानमा सिमित बनेको छ ।

अब मे ८ मा हुने बार्सिलोना र एथ्लेटिको म्याड्रिडबीचको खेल ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण हुने देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप