शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० वर्षदेखि घरबाट बाहिर निस्किएनन् छिमेकी, भित्र जाँदा मानिसहरुले देखे यस्तो हाल

शुक्रबार, २७ असोज २०७४, १७ : ३६
शुक्रबार, २७ असोज २०७४

थुप्रै पटक हाम्रा घर वरिपरि यस्ता मानिसहरु बस्ने गर्दछन् जसको स्वभाव र व्यवहारले हामीलाई तनावमा पारिदिन्छन् । केही छिमेकी धेरै नै मिलनसार हुन्छन् भने कोही कसैसँग पनि बोल्दैनन् । आफ्ना यस्तै एक छिमेकी बारे रेडिट प्रयोगकर्ता चिजबल्सले मानिसहरुलाई जानकारी दिए । यद्यपी, यी प्रयोगकर्ता कुन देशका हुन् त्यसबारे उनले खोलेका छैनन् । रेडिट प्रयोगकर्ताका अनुसार २० वर्ष पहिले एक छिमेकी घर सरेका थिए तर उनी कसैलाई पनि आफ्नो घरभित्र छिर्न दिँदैनथे ।

ती व्यक्ति उक्त घर सरेको २० वर्ष भइसकेको थियो तर उनी न त कसैलाई पनि आफ्नो घरमा छिर्न दिन्थे  न नै कसैसँग कुरा गर्दथे । उनको घरबाट सडेको लासजस्तो दुर्गन्ध आउँथ्यो तर कसैले पनि यसबारे सोध्न हिम्मत गर्दैनथे । तर जब २० वर्षपछि उनीहरुले जब फ्ल्याट खाली गरे तब छिमेकीहरुले ती मानिसहरुले कसरी बस्दथे भनेर भित्र गएर हेरे । रेडिज प्रयोगकर्ताले आफ्नो एक साथीसँग मिलेर घरभित्र जाने निर्णय गरे । तर भित्र जानेबित्तिकै उनीहरुको होस उड्यो । ढोका खोल्ने बित्तिकै यस्तो दुर्गन्ध आयो कि त्यहाँ एकछिन पनि टिक्न मुश्किल थियो ।

त्यहाँ कुहिएको खानेकुरा, चारैतिर कुकुरको दिसा छरिएका थिए । हुन त रेडिट प्रयोगकर्ता मास्क लगाएर भित्र गएका थिए तब दुर्गन्ध यति फैलिएको थियो कि मास्कले पनि रोक्न सकिरहेको थिएन ।

२० वर्षदेखि यसरी कोठाभित्रै थुनिएका थिए मानिसहरुः

यो फ्ल्याटमा बस्ने मानिसहरुले थुप्रै वर्ष पहिले फोहोर लिन आउनेसँग पनि सेवा लिन बन्द गरेका थिए । यहाँसम्म कि कुकुरलाई पनि बाहिर निकाल्दैनथे । सबैजना दिनभरी भित्रै बस्दथे र बाहिर निस्कन रुचाउँदैनथे । उनीहरुको धेरैजसो सामान अनलाइन नै डेलिभरी भएको मानिसहरुले देखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप