शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिलानो ब्राण्डका फुटवेयर अब नेपालमा

शुक्रबार, २७ असोज २०७४, १७ : ०१
शुक्रबार, २७ असोज २०७४

काठमाडौं– एक्सन पोलिमर प्रा.लि. इटालियन प्रविधिद्वारा विश्वको उत्कृष्ट पोली युरिथिन (पीयू) फुटवेयर बनाउने स्वदेशी उत्पादकले नेपाली बजारमा पहिलो पटक मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक गरेको छ । 

३० करोड रुपैयाँ लगानी भएको कम्पनी सन् २०१६ मा भैरहवामा स्थापना भएको हो, जसले पीयू स्लीपर, स्याण्डलहरु र जुत्ताहरु हरेक उमेर समूहका मानिसहरुका लागि उत्पादन गर्दछ । एक्सन पोलिमर्सले मिलानो ब्राण्डका स्लीपरहरु तथा स्याण्डलहरु उत्पादन गर्दै आएको छ र अब भने दैनिक गतिबिधिमा उपयोग हुने मिलानो ब्राण्डका फुटवेयरको सबै श्रेणीहरु (बच्चादेखि बुढासम्मका लागि) बजारमा ल्याएको छ । 

मिलानो ब्राण्डका फुटवेयरका विशेषताहरुमा हलुका तौल, स्वास्थ्यलाई फाईदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने किसिमको रहेको छ ।

एक्सन पोलिमर्सका अध्यक्ष राजेश अग्रवालले नेपालमा विश्वको प्रख्यात इटालियन प्रविधिद्धारा निर्मित फुटवेयर सफल रुपमा सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । उनले नेपाली खुट्टामा उपयुक्त हुने किसिमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको पनि बताए । 

मिलानो ब्राण्डको बारेमा बताउँदै एक्सन पोलिमर्सका प्रबन्ध निर्देशक प्रदीप अग्रवाल र गौरव अग्रवालले उपभोक्ताको मागका आधारमा उच्च स्तरका जुत्ताहरु आधुनिक फेशनसहित उत्पादन गरिरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप