रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

रुपन्देहीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको छ ।
सैनामैना नगरपालिका–१, वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । सरकारीस्तरमा बुटवल धागो कारखाना र भैरहवाको भिम अस्पतलमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
सैनामैनामा नयाँ अस्पताल सञ्चालन भएसँगै बुटवलमा बेड नपाएका बिरामीहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।
बिहीबार कोरोना विशेष अस्पताल शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले स्थानीय तहमा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउँदा जहाँका बिरामी हुन्, त्यहीँ उपचार गर्न सक्ने अवस्था ल्याउनुपर्ने बताए ।
नयाँ भेरिएन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले सबैलाई आग्रह गरे ।
अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
अहिले अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेव कार्यरत छन् ।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा नेपालका प्रमुख भन्सार नाकाबाट कति भयो आयात-निर्यात ?
-
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
-
चीन र भारतसँग व्यापार घाटा उच्च, कुन देशसँगको व्यापार कस्तो ?
-
क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न कुन आयोजनालाई कति बजेट ?
-
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
-
रियल म्याड्रिडका प्रशिक्षक भन्छन्– ‘एमबाप्पेले क्लबमा छिट्टै रोनाल्डोको स्थान लिनेछन्’