आर्थिक समृद्धि लघुवित्तले संस्थापक शेयरधनीहरुलाई चार बराबर एक कित्ता शेयर दिने
काठमाडौँ । आर्थिक समृद्धि लघु वित्तीय संस्थाको प्रथम साधारणसभाले चार बराबर एक कित्ता संस्थापक शेयरधनीहरुलाई शेयर निष्कासन गर्ने निर्णय छ ।
तनहुँको भानु–१ मा केन्द्रिय कार्यालय रहेको लघु वित्त संस्थाको चुक्ता पूँजी रु दुई करोड ४५ लाख रहेको छ । संस्थापक शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन पश्चात २५ प्रतिशत पूँजी बृद्धि हुने हुने आर्थिक समृद्धि लघुवित्तका कार्यकारी अधिकृत ज्योती प्रसाद कँडेल बताए ।
साधारण सभाले संचालक समितिको संरचना ९ जना बाट घटाई ७ जना रहने गरि प्रबन्धपत्र तथा नियमावली २०७३ लाई संशोधन गर्ने निर्णय पनि गरेको छ ।
संस्थाले पश्चिमाञ्चलका १० जिल्लालाई कार्यक्षेत्र अनुमति साथै संचालन अनुमति प्राप्त गरेको छ । साधारण सभाले मंसीर मसान्तभित्र १० शाखा संचालन गर्ने निर्णय पनि गरेको छ ।
विपन्न नागरिकहरुलाई सहज र सुलभ तरिकाले निक्षेप संकलन तथा कर्जा प्रवाह गरिने संस्थाका अध्यक्ष डाक्टर एक नारायण चापागांई बताए । चापागाई गैर आवासीय नेपाली हुन् ।